images

आइतवार, बैशाख २३ गते २०८१

तिलौराकोट दरबार क्षेत्रका झाडी, बुुट्यानको सरसफाई सुरु  

तिलौराकोट दरबार क्षेत्रका झाडी, बुुट्यानको सरसफाई सुरु  

images
images
images
आइतवार, बैशाख १० २०८०
आइतवार, बैशाख १० २०८०
  • तिलौराकोट दरबार क्षेत्रका झाडी, बुुट्यानको सरसफाई सुरु  

    भैरहवा, १० वैशाख ।
    प्राचीन तिलौराकोट दरबार क्षेत्रको झाडी, बुुट्यान सरसफाई सुरु गरिएको छ । २५६७ औं बुद्धजयन्तीको अवसर पारेर तिलौराकोट दरबार क्षेत्रलाई सौन्दर्यकरण र पुरातात्विक स्थललाई प्रस्तुुतयोग्य बनाउनका लागि आइतबार एक समारोहकाबीच झाडी सफाई अभियान सुरु गरिएको हो । 

    images
    images
    images

    लुम्बिनी विकास कोषको समन्वयमा नेपाली सेनाको शमशेर दल गण गोरुसिंगे कपिलवस्तुुको सहयोगमा एक हप्तासम्म दरबार दक्षिणतर्फ रहेको झाडी, बुुट्यान सरसफाई गरिने प्रमुुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए । विश्व सम्पदा सूूचीमा सूूचीकरणको लागि पर्याप्त प्रमाण संकलन भइसकेको बताउँदै थप देखिनलायक बनाउन झाडी सफाई गरिएको बताए । 

    सरसफाई शुुभारम्भमा लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईसहित नेपाली सेनाका शमशेर दल गण गोरुसिंगेका गणपती प्रमुख सेनानी दिलिप घले, कोषका पुरातात्व महाशाखाका वरिष्ठ पुरातात्वविद् हिमाल उप्रेती, लेखा अधिकृत भीमबहादुर बस्नेत, वनस्तपति शाखा प्रमुख कमलेश वर्मा र पत्रकार मनोज पौडेलको उपस्थिति रहेको थियो ।  

    एक हप्तासम्म नेपाली सेनाका शमशेर दल गण गोरुसिंगेका सहसेनानी क्याप्टेन अमृत गुरुङको नेतृत्वमा झाडी सफाई हुने लुम्बिनी विकास कोष, तिलौराकोट सम्पर्क कार्यालयका प्रमुख माधव प्रसाद आचार्यले जानकारी दिए । नेपाली सेनाका ५० जना र लुम्बिनी विकास कोषका तर्फबाट सुरक्षकर्मी र मालीहरु १३ जना  गरि ६० जनाको टोली झाडी सफाईमा जुटेको उनले बताए । 

    भगवान गौतमबुुद्धले २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरबारमा पछिल्लो समय पर्यटकहरुको आवागमन समेत वृद्धि हुँदै गएको छ । विश्वसम्पदा सूूचीमा सूचीकरणको तयारी भएपछि तिलौराकोट दरबारलाई सौन्दर्यकरण र पुरातात्विक स्थलको प्रतस्तुुतीकरणका लागि कोष परिषद सदस्य गोपीकृष्ण शर्मा र प्रमुख प्रशासकीय अधिकृत राईले नेपाली सेनासँग समन्वय गरी सफाई कार्यक्रम अगाडि बढाइएको हो । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij