२०८२, पौष १७ गते

Jan 01 2026 | २०८२, पौष १७ गते

तमु ह्यूल छोंज धिद्वारा नि:शुल्क स्वास्थ्य परिक्षण 

आइतवार , बैशाख १०, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा । तमु ह्यूल छोंज धिं गुरूङ राष्ट्रिय परिषद शान्तिनगर ईकाइको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शान्तिनगरस्थित शान्ति बुध्द गुम्बामा भएको स्वास्थ्य शिविरमा १७५ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । 

    युसिएमएस शिक्षण अस्पताल भैरहवाको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा बिशेषज्ञबाट बिरामीको जाँच गरिएको थियो । स्वास्थ्य शिबिरमा स्त्रीरोग विशेषज्ञ डा.मनिशा यादव, हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डा.शिव पराजुली, नाक, कान, घाँटी रोग बिशेषज्ञ डा. बिसेश रेग्मी, जनरल फिजिसीयन डा. बिकाश सहानीबाट स्वाथ्य परिक्षण गराईएको सस्थाका सचिव तथा कार्यक्रम संयोजक सोमबहादुर गुरुङले जानकारी दिए । 

    रोग लागि सकेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिन तथा कसैलाई रोग लागिहालेको भए समयमै उपचार होस भन्ने उद्धेश्यले निशुल्क स्वास्थ्य परिक्षण गरिएको सदस्य सावित्रि गुरुङले जानकारी दिईन । 

    IMG_1502.JPG

    युसिएमएसका सुचना अधिकारी तेजकुमार केसीको प्रमुख आतिथ्यता, मोहन सिंह गुरुङको अध्यक्षता तथा सोमबहादुर गुरुङको स्वागतमा भएको कार्यक्रममा सिद्धार्थनगर १२ का बडा अध्यक्ष कुमार गुरुङ, डा. मनिषा यादव, चन्द्र बहादुर राना लगाएतले बोलेका थिए । 

    कार्यक्रममा बोल्दै युसिएमएसका सुचना अधिकारी केसीको मेडिकल कलेजले प्रदान गरेको पहेलो कार्ड लिएर उपचार गर्न आउने बिरामीलाई आगामी दिनमा पनि २० प्रतिशत छुटको सहुलियत दिईएको जानकारी दिए । 

    IMG_1510.JPG

    कार्यक्रममा एसियन फार्मस्टिकल, डा. गोविन्द बल्लभ भट्ट, बाबा फार्माले औषधि सहयोग गरेका थिए ।