images

आइतवार, बैशाख २३ गते २०८१

‘पर्यटनमा साईक्लिङलाई जोडौं’

‘पर्यटनमा साईक्लिङलाई जोडौं’

images
images
images
शनिवार, बैशाख ९ २०८०
शनिवार, बैशाख ९ २०८०
  • ‘पर्यटनमा साईक्लिङलाई जोडौं’

    बुटवल, ९ वैशाख ।
    पर्यटन प्रवद्र्धनमा साईक्लिङलाई जोडेर लैजानुपर्ने एक कार्यक्रममा जोड दिइएको छ । भाना प्लसको नेपालको आधिकारीक आउटलेट हिमालयन ईन्टरियर प्रा.लि.को प्रायोजन तथा बुटवल युनाईटेड साईक्लिङ क्लबको आयोजनामा बुटवलमा नयाँ वर्षको स्वागतमा भएको साइक्लिङ र्यालीमा बोल्ने बक्ताहरुले पर्यटन विकासमा साईक्लिङको भूमिका महत्वपूर्ण हुने बताए । 

    images
    images
    images

    कार्यक्रमको एक समारोहकाबीच तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले शुभारम्भ गर्दै स्वस्थ जीवन जिउन नियमित साइक्लिङबाट शारीरिक व्यायाम उपयुक्त हुने दावी गरे । बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटनमा टेवा मिल्ने गरी साईकललाई जोडेर तीन तहकै सरकारले आवश्यक योजना ल्याउनुपर्ने उनले सुझाव दिए । 

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय टेकराज पन्थीले तराईका मानिसहरुको दैनिक जीवनमा साईकल महत्वपूर्ण पाटो भएको बताए । 

    कार्यक्रममा भाना प्लसको नेपालका लागि आधिकारीक आउटलेट हिमालयन ईन्टरियर प्रा.लि.का बजार प्रमुख महेन्द्र ढकालले मानव स्वास्थ्यलाई फाईदा मिल्ने खालको घरअफिस सजावटमा आफूहरुको गुणस्तरीय भाना प्लसको उत्पादन नेपाली बजारमा विक्रीवितरण गर्दै आएको भन्दै योसँगै सामाजिक योगदानमा लागेको बताए । विगतबाट नै रक्तदान, विभिन्न पर्वहरुमा सहयोगका साथै अन्य धेरै सामाजिक कार्यमा स्थानीय क्लबहरुसँग सहकार्य गर्दै आएको उनले बताए ।

    कार्यक्रममा श्री नं २२ बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी खेमराज शर्मा, रुपन्देही जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, बुटवल साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, साईकल सिटी बुटवलका कोषाध्यक्ष बिमल बस्नेत, बुटवल साईक्लिङ ग्रुपका अध्यक्ष चन्द्र सुवेदी, ह्याप्पीका अध्यक्ष सुमन श्रेष्ठले नयाँ वर्षमा स्वास्थ्य र साईकलसँग जोडेर नयाँ सन्देश दिने गरी कार्यक्रम सम्पन्न भएको बताए । 

    साईकल रयालीमा तिलोत्तमा नगरपालिका–४ का क्यान्सरसँव लड्दै गरेका एचबी वर्मासमेत सहभागी भएका थिए । ६१ वर्षिय साईकल अभियन्ता वर्मा क्यान्सर रोगबारे सचेतना जगाउन महाकाली मेची साइकल यात्रामा वैशाख २८ गते हिड्दैछन । समयमा उपचारगरे क्यान्सरबाट बच्न सकिन्छ भन्ने जागरण लिएर यात्रा गर्न लागेको उनले बताए । 

    cyling (1).jpg
    undefined

    कार्यक्रम संयोजक रबिलाल सुवेदीले स्थानीय साईक्लिष्ट र साईक्लिङ क्लबहरुको सहकार्यमा विभिन्न समयमा नमूना र सन्देशमुलक कार्य गर्दै आएको बताए । आगामी दिनहरुमा समेत सामाजिक उत्तरदायित्व बहन हुने गरी रचनात्मक र सहयोग जुटाउने गरी कार्यक्रम गर्ने उनले बताए । र्यालीमा बुटवल, भैरहवा, सैनामैना, नवलपरासी लगायतका ८० बढी साईक्लिष्टहरु सहभागी रहेका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij