images

सोमवार, बैशाख २४ गते २०८१

गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनका लागि पहलकदमी गर्ने सांसद्हरुको प्रतिवद्धता

गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनका लागि पहलकदमी गर्ने सांसद्हरुको प्रतिवद्धता

images
images
images
शनिवार, बैशाख ९ २०८०
शनिवार, बैशाख ९ २०८०
  • गौतमबुद्ध  विमानस्थल पूर्ण सञ्चालनका लागि पहलकदमी गर्ने सांसद्हरुको प्रतिवद्धता

    भैरहवा, ९ वैशाख ।
    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि आ–आफ्नो तर्फबाट पहलकदमी गर्ने प्रतिनिधिसभा र प्रदेशसभा सांसद्हरुले प्रतिवद्धता व्यक्त गरेका छन् । विमानस्थल सञ्चालन पूर्ण सञ्चालनका लागि हुने हरेक कार्यक्रममा आफूहरुको साथ र समर्थन रहने रुपन्देहीबाट निर्वाचित सांसद्हरुले प्रतिवद्धता व्यक्त गरेका हुन् ।

    images
    images
    images

    २०७९ जेठ २ गते उद्घाटनसँगै सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । अरबौंको लगानीमा निर्माणसम्पन्न भएको यो विमानस्थल पूर्ण सञ्चालनमा आउन नसक्दा यस क्षेत्रको होटल तथा पर्यटन व्यवसायको एक सय अर्ब लगानी जोखिममा परेको छ ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धमा छलफल कार्यक्रममा सांसद्हरुले रुपन्देही क्षेत्रको समृद्धि र विकासका लागि कटिबद्ध रहेको बताएका छन् । 

    कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को भारत भ्रमणअघि नै भारत सरकारसँग विमानस्थलबारे कुरा राख्न आग्रह गर्ने बताए । उनले ४० अर्ब बढी लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको १ वर्ष हुन लाग्दा समेत पूर्ण रुपमा सञ्चालन हुन नसकेकोमा चिन्तित बनाएको बताए । उनले भने, ‘विमानस्थल सञ्चालनका लागि संघीय सरकारले पहल गर्नुपर्ने आवश्यकता छ । ’आफूले नेपाल एअरलायन्सका प्रवक्तासँग बुझ्दा मे महिनाको दोस्रो हप्ता मलेसियाको क्वालालम्पुर र भारतको दिल्ली उडान गर्ने तयारी भइरहेको जानकारी प्राप्त भएको र यो कुरा सञ्चारमाध्यमबाट पनि थाहा पाइएको बताए । उनले भने, ‘जनताको करबाट निर्माण भएको विमानस्थल फूल फेजमा सञ्चालनमा आउनैपर्छ ।’

    लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री सन्तोष कुमार पाण्डेयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउन प्रदेश सरकारले संघीय सरकारसँग पहल गर्नुपर्नेबारे आफूले यसअघिका प्रदेशसभा बैठकमा बोलेको बताए । उनले निजी क्षेत्रको आन्दोलनमा आफ्नो साथ र समर्थन रहने बताए । 

    प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वसिउद्दीन खानले लुम्बिनीलाई विश्वसँग जोड्न नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको बताए । उनले विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउन दबाब दिनका लागि सदन र सडकबाट आवाज उठाउने बताए ।

    प्रदेशसभा सदस्य आशिष कुमार चौधरीले विमानस्थल पूर्ण रुपमा सञ्चालनको विषयलाई गम्भिरतापूर्वक लिएको बताए । उनले समस्या समाधानका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    प्रदेशसभा सदस्य तुलसी प्रसाद चौधरीले विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि संघीय सरकार उदासिन बन्न नहुने बताए । उनले भने, ‘हामी तपाईहरुसँगै छौं, हामी प्रतिवद्ध छौं ।’

    प्रदेशसभा सदस्य कन्हैया बनियाले अरबौंको लगानीमा निर्माण भएको विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न एक सेकेण्ड पनि ढिला गर्न नहुने बताए । उनले भने, ‘आन्दोलनबाट पछाडी हट्दैर्नौ, आवश्यक परे आमरण अनशनमा समेत बस्छौं, यो विमानस्थलसँग मुलुकको भविष्य र विकास जोडिएको छ ।’

    प्रदेशसभा सदस्य देवी प्रसाद चौधरीले आफू जनताको साथमा नै रहेको बताए । उनले भने, ‘विमानस्थल पूर्ण सञ्चालनका लागि एक कदम अगाडि बढ्छौं ।’

    प्रदेशसभा सदस्य जमुना ढकालले विमानस्थल पूर्ण सञ्चालनमा आए सम्पूर्ण क्षेत्रलाई फाइदा पुग्ने बताइन् । उनले भनिन्, ‘विमानस्थलबारे कर्मचारीले मन्त्रीलाई गलत ब्रिफिङ गर्नुहुँदैन ।’

    प्रदेशसभा सदस्य भगवती अधिकारीले विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउनका लागि संघीय सरकारले अगुवाइ गर्नुपर्ने बताइन् । उनले यस क्षेत्रको विकास भनेकै समग्र मुलुकको विकास भएको बताइन् ।

    प्रदेशसभा सदस्य हेमा बेल्बासे (के.सी.) ले अब प्रत्येक पटक विमानस्थलबारे आफूले प्रदेशसभा बैठकमा बोल्ने बताइन् । उनले धर्ना, आन्दोलनमा आफू निजी क्षेत्र र जनताको साथमा रहने प्रतिवद्धता व्यक्त गरिन् ।

    के भन्छन् उद्योगी-व्यवसायी ?

    नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगमको कम्तीमा एउटा विमान अनिवार्य रुपमा सञ्चालनमा ल्याउनुपर्ने बताए । 

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि निजी क्षेत्रले निरन्तर आवाज उठाउँदै आएको बताए । उनले यसबारे हामीले जिताएर पठाएका जनप्रतिनिधिहरुको धारणा के हो भन्दै प्रश्न गरे ।

    उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले सरकारले किन चासो नलिएको भन्दै प्रश्न गरे । उनले बन्द, हड्तालमा उत्रिनुपर्ने हो भन्दै प्रश्न गरे ।

    सोसाइटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो), नेपालका केन्द्रीय उपाध्यक्ष संजय बजिमयले चार्टर उडान नभइ नियमित उडान आवश्यक रहेको बताए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले सरकार गम्भिर हुनुपर्ने बताए । उनले विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सरकारले पहल गर्न नसकेको बताए । उनले भने, ‘सांसद्हरुको विशेष भूमिका आवश्यक छ । तपाईहरुको साथमा हामी अगाडी बढ्छौं ।’

    संघका पूर्व अध्यक्ष विष्णु प्रसाद शर्माले उद्योग व्यवसायी निराश भएको बताए । उनले भने, ‘हामी आवाज उठाउँदा उठाउँदै थाकिसकेका छौं ।’

    संघका पूर्व अध्यक्ष राम कुमार शर्माले विमानस्थल निर्माणमा गरिएको अरबौं लगानी खेर गइरहेको बताए । 

    चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष अनिल कुमार ज्ञवालीले सांसद्हरुको साथ र सहयोगमा अब काठमाडौं केन्द्रीत आन्दोलन गर्नुपर्ने बताए ।

    सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थललाई चलायमान बनाउनुपर्ने बताए । उनले अब आन्तरिक उडान बन्द गराउन बाध्य हुने बताए । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले कुटनीतिक पहल आवश्यक रहेको बताइन् ।

    लुम्बिनी प्रेस क्लब, रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले विमानस्थल पूर्ण सञ्चालनका लागि सामूहिक रुपमा आवाज उठाउनुपर्नेमा जोड दिइन् । क्लबका निवर्तमान अध्यक्ष नरेश केसीले प्रतिवद्धताका साथ अघि बढ्नुपर्ने बताए । क्लबका पूर्व कोषाध्यक्ष दीपक घिमिरेले सोचमा परिवर्तन आवश्यक रहेको बताए ।

    पर्यटन व्यवसायी हेम बहादुर विष्टले अन्तर्राष्ट्रिय उडानका लागि विभिन्न एअरलायन्ससँग आवश्यक पहल गर्नुपर्ने बताए ।

    समाजसेवी प्रख्यात बन्जाडेले विमानस्थल पूर्ण सञ्चालनका लागि केन्द्रीयस्तरबाट पहल आवश्यक रहेको बताए । 
    सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij