२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

आमाहरुलाई खाना खुवाएर मनाइयो आमाको मुख हेर्ने दिन 

शुक्रवार , बैशाख ८, २०८०

भैरहवा, ८ वैशाख । 
सियारी गाउँपालिका–१ को नवज्योती आमा समूह तथा सिद्धार्थनगर नगरपालिका–८ को शिवपुजन मण्डली समूहले विभिन्न कार्यक्रम गरेर आमााको मुख हेर्ने दिनको कार्यक्रम गरेका छन् । 

दुवै समूहको संयुक्त आयोजनामा सियारी–१ स्थित चिल्हियामा ७०/८० जना आमाहरुलाई खाना खुवाएर आमाको मुख हेर्ने दिनलाई मनाएका हुन् । 

‘आमाको मेख हेर्ने दिनमा आमाहरुलाई खाना खुवाएर कार्यक्रम मनाऔं शिवपुजन मण्डलीकी अध्यक्ष कृष्णा शाहीले भनिन् ‘आमा तथा महिला दिदी बहिनीहरुको सेवामा लाग्न पाउँदा निकै खुसी लाग्छ । ’

समूहले विभिन्न समयमा विभिन्न सामाजिक कार्य गर्दै आएको उल्लेख गरिन । सो अवसरमा अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो । महिलाहरुको क्षमता वृद्धिका विषयमा अन्तरक्रिया गरिएको नवज्योती आमा समुहकी अध्यक्ष देउकुमारी कुंवरले जानकारी दिइन् । कार्यक्रम स्थानीय धनराज शर्माले सञ्चालन गरेका थिए ।