images

सोमवार, बैशाख २४ गते २०८१

‘घुमौं लुम्बिनी’ टिकटक प्रतियोगिताको घोषणा 

‘घुमौं लुम्बिनी’ टिकटक प्रतियोगिताको घोषणा 

images
images
images
बिहिवार, बैशाख ७ २०८०
बिहिवार, बैशाख ७ २०८०
  • ‘घुमौं लुम्बिनी’ टिकटक प्रतियोगिताको घोषणा 

    भैरहवा, ७ वैशाख ।
    २५६७ औं बुद्ध जयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीको प्रवद्र्धन गर्ने उद्देश्यले ‘घुमौं लुम्बिनी’ शिर्षकमा टिकटक प्रतियोगिताको घोषणा गरिएको छ । लुम्बिनी विकास कोषले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा बुद्ध जन्मस्थल लुम्बिनीको प्रचार प्रचार र प्रवद्र्धन गर्ने गरी घुमौं लुम्बिनी टिकटक प्रतियोगिताको घोषणा गरेको हो । 

    images
    images
    images

    कोषका सदस्य सचिव सानुराजा शाक्यले मंगलबार एक विज्ञप्ती जारी गरी प्रतियोगिताका लागि देश विदेशका प्रतियोगिहरुका लागि खुल्ला आह्वान गरिएको जानकारी दिएका छन् । भगवान बुद्धको जन्मस्थल लुम्बिनीलाई बुद्ध धर्म र विश्व शान्तिको मुहानका रुपमा प्रवद्र्धन गर्ने गरी सृजनात्मक रुपमा टिकटक भिडियो बनाउनुपर्ने जनाइएको छ । 

    प्रतियोगितामा सहभागी हुनका लागि घुमौं लुम्बिनी डटकममा आफ्नो नाम, सम्पर्क नम्बर र टिकटक खाता दर्ता गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । वैशाख १० गतेदेखि २० गतेसम्म प्रतियोगीहरुले भिडियो बनाउनुपर्ने र २१ गते घोषणा गरिनेछ । पछिल्लो सामाजिक सञ्जालका रुपमा टिकटक लोकप्रिय भइरहेको बेला बुद्ध जन्मस्थल आन्तरिक र बाह्य पर्यटक आर्कषित गर्न प्रभावकारी हुने भएकाले घुमौं लुम्बिनी टिकटक प्रतियोगिता गरिएको हो । 

    प्रतियोगितामा भाग लिन इच्छुक प्रतियोगितहरुले नाम दर्ता गरेपछि दिइएको विषयवस्तुमा मौलिक र सृजनात्मक टिकटक छोटो भिडियो बनाउनुपर्ने छ । प्रतियोगिताहरुमध्ये विशेषज्ञ मूल्यांकन समितिले विजेता छनौट गर्ने र विजेतालाई नगदसहित अन्य उपहारबाट पुरस्कृत गरिने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    चैत १७ गते संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीको अध्यक्षतामा लुम्बिनीमा बसेको बोर्ड लुम्बिनी विकास कोषको बैठकले बुद्ध जयन्तीको अवसरमा टिकटक प्रतियोगिता गर्ने निर्णय गरेको थियो । 

    001 (1).jpg

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij