२०८२, चैत्र ३० गते

Apr 13 2026 | २०८२, चैत्र ३० गते

सवारी दुर्घटनामा एकैपरिवारका दुईजनाको मृत्यु

बिहिवार , बैशाख ७, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • महोत्तरी, ७ वैशाख । सर्लाहीको लालबन्दीमा भएको सवारी दुर्घटनामा महोत्तरी गौशाला बस्ने एकैपरिवारका दुई जनाको ज्यान गएको छ ।

    ज्यान गुमाउनेमा गौशाला न.पा ११ का श्रवणकुमार महतो र मोटरसाईकलमा पछाडि सवार श्रवणका भतिज बिक्रम कुमार महतोको घटनास्थलमै ज्यान गएको हो ।लालबन्दीबाट रानीगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३९००१ ख ८१५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ३३ प ७५१३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    बुधवार सोही ठाउँबाट झन्डै १५ किलोमिटर दुरी रहेको माइस्थान–गौशाला–सम्सी सडक खण्डमा पनि दुर्घटना भएको थियो । बा ३ ख २३९६ नम्बरको यात्रुवाहक बस र मधेस प्रदेश ०१–००४–प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एकैपरिवारका तीनजनाको मृत्यु भएको थियो ।२४ घण्टाको अवधिमा पूर्वपश्चिम राजमार्ग नजिकै ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।