२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने

बिहिवार , बैशाख ७, २०८०

काठमाडौं, ७ वैशाख । 
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने जनाएको छ ।

त्यसै गरी, १२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि आज पनि नै खुवाइने मन्त्रालयले जनाएको छ । 

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।