
बुधवार , बैशाख ६, २०८०
भैरहवा, ६ वैशाख ।
रुपन्देही जिल्लाको सियारी गाउँपालिका वडा नम्बर नम्बर ३ स्थित सीतापुरमा बुधबार अज्ञात समूहको गोली प्रहारबाट घाइते १९ वर्षिय विरेन्द्र केवटको थप उपचारका लागि बुटवल लगिएको छ । गोली लागि घाइते भएका केवटलाई भैरहवास्थित भीम अस्पताल लगिएकोमा थप उपचारका लागि अहिले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ। उनलाई भीम अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको हो । घाइतेको अवस्था सामान्य छ ।
सियारी–३ का १९ वर्षिय केवटले बाख्रा चराइरहेको समयमा आफूसँग भएको मोबाइल खोस्न खोज्दा नदिएपछि आफूमाथि गोली प्रहार भएको प्रहरीसमक्ष जानकारी गराएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij