२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

रुपन्देहीको सियारीमा गोली चल्यो, स्थानीय विरेन्द्र केवट घाइते

बुधवार , बैशाख ६, २०८०

भैरहवा, ६ वैशाख । 
रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ३ स्थित सितापुरमा गोली चलेको छ । आज बुधबार साँझ सितापुरमा गोली चल्दा स्थानीय १९ वर्षिय विरेन्द्र केवट घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले घाइतेको भनाइ र घाउको प्रकृति हेर्दा गोली चलेको हुन सक्ने बताए । 

सियारी–३ का १९ वर्षिय केवटले बाख्रा चराइरहेको बेला आफूसँग भएको मोबाइल खोस्न खोज्दा नदिएपछि आफूमाथि गोली प्रहार भएको प्रहरी समक्ष जानकारी गराएको डीएसपी अर्यालले जानकारी दिए । 

घाइते केवटको हिपमा गोली लागेको बताइएको छ । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको बताएको छ ।