२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

राष्ट्रपति पौडेल पुन: अस्वस्थ, शिक्षण अस्पतालमा भर्ना

बुधवार , बैशाख ६, २०८०

काठमाडौं, ५ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल फेरि अस्वस्थ भएका छन् ।

महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोस भए पछि उनी मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् । 

केही दिनअघि पनि पौडेल पेटसम्बन्धी समस्या भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । उनलाई के भएको भन्ने बारेमा पत्ता नलागेको र उपचार थालिएको अस्पताल प्रशासनले जनाएको छ ।