
मंगलवार , बैशाख ५, २०८०
काठमाडौं, ५ वैशाख ।
राप्रपाले मिटरब्याज पीडितमाथि प्रहरीको आक्रमणप्रति भर्त्सना गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सोमबार न्यायका लागि संघर्ष गरेका मिटर ब्याज पीडितमाथि प्रहरीले आक्रमण गरेको भन्दै भर्त्सना गरेका हुन् ।
राज्य भएको अनुभूति गराउनुपर्ने सरकारले न्यायका लागि याचना गरेका पीडितमाथि नै आक्रमण हुनु दुःखद् भएको भन्दै उनले मिटरब्याज पीडित र तराई क्षेत्रमा संघर्षमा उत्रिएका हरुवाचरुवाको न्यायका लागि आफू सडकमा उत्रिने चेतावनी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij