
बिहिवार , पौष २३, २०७७
अर्घाखाँची, २३ पुस ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलसहित ९ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा एक हप्ताको लागि बन्द गरिएको छ । अध्यक्ष पोख्रेलसहित गाउँपालिकाका ९ जनालाई संक्रमण पुष्टि भएपछि बिहीबारदेखि पालिकाको कार्यालय र वडा कार्यालयका अतिआवश्यक बाहेका सम्पूर्ण सेवा बन्द गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले विज्ञप्ति प्रकाशित गर्दै उक्त जानकारी गराएका हुन् ।
गाउँपालिकाभित्र सेवा संचालन गर्दा कोरोना समुदायस्तरमा फैलने भन्दै यसलाई रोकथामको लागि गाउँपालिकाका अतिआवश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको बताइएको छ । अध्यक्ष पोखरेलको काठमाण्डौमा उपचार भइरहेको समेत अर्यालले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij