images

सोमवार, बैशाख १७ गते २०८१

मदन भण्डारी स्पोर्टस् एकेडेमीले देशव्यापी राष्ट्रिय खेल प्रतियोगिता गर्दै 

मदन भण्डारी स्पोर्टस् एकेडेमीले देशव्यापी राष्ट्रिय खेल प्रतियोगिता गर्दै 

images
images
images
सोमवार, बैशाख ४ २०८०
सोमवार, बैशाख ४ २०८०
  • मदन भण्डारी स्पोर्टस् एकेडेमीले देशव्यापी राष्ट्रिय खेल प्रतियोगिता गर्दै 

    काठमाडौं, ४ वैशाख ।
    ‘सबैका लागि खेलकुद’ भन्ने मूल नारासहित मदन भण्डारी स्पोर्टस् एकेडेमीले विभिन्न खेलविधाका राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ । एकेडेमीले देशका विभिन्न स्थानमा क्रिकेट, कराँते, रेसलिङ, ब्याडमिन्टन, चेस, फुल कन्टयाक्ट लगायतका राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको हो । यस्तै, फुटबल, भलिबल, तेक्वान्दो, फुटसल, डोरी तान लगायतमा प्रदेशस्तरीय प्रतियोगिता गर्दैछ ।

    images

    सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रियसँगै प्रदेशस्तरीय वार्षिक खेल तालिका सार्वजनिक गरेको छ । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार आगामी जेठ २३ देखि ३० गतेसम्म पोखरामा केपी ओली कप रनिङ शिल्ड राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्नेछ । प्रतियोगितामा च्याम्पियनले १० लाख, उपविजेताले ५ लाख एवं बेष्ट बलर र ब्याट्स म्यानले २५÷२५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । 

    यही वैशाख ५ देखि ६ गतेसम्म काडमाडौंको लैनचौरमा राष्ट्रिय जुनियर लेवल टेबल टेनिस प्रतियोगिता आयोजना हुनेछ ।  १५ र  १९ वर्षमूनिको छात्रछात्रा टेबल टेनिस प्रतियोगितामा प्रथमले १५, द्वितीयले १० र तृतीयले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । 

    वैशाख २५ र २६ मा भत्तपुरमा खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दैछ । जसमा प्रथमले १ लाख , द्धितीयले ५० हजार र तृतीयले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । भेन्ट्रासतर्फ प्रथमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ । 

    जेठ ३१ मा सुर्खेतमा राष्ट्रिय रेसलिङ प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगितामा हेभीवेट च्याम्पियनलाई १ लाख ५ हजार, हार्ड कोर च्याम्पियनलाई ७५ हजार, मिडल वेट च्याम्पियनलाई ६० हजार, ट्याग टिम च्याम्पियनलाई ५० हजार र लाइट वेट च्याम्पियनलाई ४० हजार रुपैयाँ नगद प्रदान गरिनेछ ।

    यस्तै, बुटवलमा जेठ २ देखि ४ गतेसम्म राष्ट्रिय चेस प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथमलाई २० हजार नगदसहित १० औं स्थानसम्मलाई पुरस्कार पाउनेछन् । 

    एकेडेमीले जेठ ४ देखि १० गतेसम्म काठमाडौंको त्रिपुरेश्वरमा राष्ट्रिय खुला बास्केटबल पुरुष र महिला रनिङशिल्ड प्रतियोगिता  आयोजना गर्दैछ । जसमा विजेताले १ लाख ५० हजार रुपैयॉ र उपविजेताले १ लाख रुपैयाँनगद पुरस्कार पाउनेछन् । 

    मदनभण्डारी स्पोर्टस् एकेडेमीले सातै प्रदेशमा प्रदेशस्तरीय खेल प्रतियोगिताहरु आयोजना गर्दैछ । जसअन्तरगत वैशाख २७ देखि जेठ १५ गतेसम्म सातवटै प्रदेश मुकाममा मदनभण्डारी अन्तरमावि रनिङशिल्ड फुटबल प्रतियोगिता गर्नेछ । जसमा विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यस्तै, आगामी असार १ देखि १५ गतेसम्म ७ वटै प्रदेशमा प्रदेशस्तरीय मदनभण्डारी अन्तरमावि प्रदेश रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिने छ । प्रतियोगितामा विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । 

    त्यस्तै वैशाख २८ देखि असार १० गतेसम्म ७ वटै प्रदेश मुकाममा मदन भण्डारी अन्तरमावि रनिङशिल्ड भलिबल प्रतियोगिता गर्नेछ । प्रतियोगितामा प्रथमले ५० हजार द्वितीयले २५ हजार र तृतीयले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । 

    यस्तै, वैशाख २५ र २६ मा काठमाडौंमा बाग्मती प्रदेशस्तरीय तेक्वान्डो प्रतियोगिता आयोजना गर्दैछ । जसमा प्रथमले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । 

    एकेडेमीले मधेश प्रदेशस्तरीय डोरीतान प्रतियोगिता सप्तरीमा गर्दैछ । असार २२ गते हुने प्रतियोगितामा प्रथमले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ । बुटवलमा असार ३ देखि ५ गतेसम्म विद्यालयस्तरीय आत्मरक्षा तालिम दिनेछ । खेलकुद विकासका लागि खेलाडी, प्रशिक्षक, निर्णायक तथा व्यवस्थापकलाई जेठ ३ गते काठमाडौंमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्नेछ । 

    एकेडेमीले अन्तराष्ट्रिय खेलकुद  दिवसको अवसरमा वैशाख २३ गते बुद्ध जन्मस्थल लुम्बिनीमा पिस ओपन हाफ म्याराथन प्रतियोगिता गरेर वार्षिक खेलको सुरुवात गरेको थियो । एकेडेमीका खेल प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, स्थानीय तह र विभिन्न संघ-सस्थाहरुले समन्वय गर्ने अध्यक्ष आचार्यले बताए ।

    २०६६ पुस २७ मा स्थापना भएको एकेडेमीले विभिन्न खेलविधाका विभाग गठन गरेर बालबालिका, युवादेखि भेन्ट्रास समूहसम्मका खेलाडीलाई प्रशिक्षण दिने, प्रतियोगिता र गतिविधि आयोजना गर्ने गरेको छ । हरेक जिल्लामा जिल्ला कमिटी बनाएको एकेडेमीले स्थानीय तहमा समेत संगठन विस्तार गरिरहेको उपमहासचिव सुवर्ण श्रेष्ठले बताइन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij