२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउन प्रमुख दलका नेताहरू सहमत

सोमवार , बैशाख ४, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, ४ चैत । प्रमुख तीन दलबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ ।

    भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा सोमबार बसेको प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्षनेताहरुको बैठकले प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

    उनका अनुसार शीर्ष नेताहरूको बैठकमा संवैधानिक परिषद् बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको हो ।

    प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीबीच प्रधानन्याधीश सिफारिस गर्ने सहमति भएको हो ।

    सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका प्रमुख सचेतकसमेत सहभागी उक्त बैठकमा सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकका विषयमा पनि छलफल भएको लेखकले जानकारी दिए ।