२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

भारतबाट बढेर आयो इन्धनको मूल्य

सोमवार , बैशाख ४, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, ४ वैशाख । नेपाल आयल निगमले भारतबाट इन्धनको मूल्य बढेर आएको जनाएको छ ।

    हरेक १५्/१५ दिनमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची पठाउँछ ।  आईओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेलको मूल्य बढेर आएको निगमले जनाएको छ ।

    निगमका अनुसार पेट्रोल प्रतिलिटर करिब साढे ६ रुपैयाँ र डिजेल प्रतिलिटर करिब १ रुपैयाँ बढेर आएको हो । आयल निगमले हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।