शनिवार , बैशाख २, २०८०
भैरहवा, २ वैशाख ।
समाजसेवी ज्ञानु पौड्याल ‘सुप्रबल जनसेवाश्री पदक’ बाट विभूषित भएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा शनिबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले विभूषण प्रदान गरेका हुन् । नयाँ वर्षको अवसर पारेर विभूषण प्रदान गरिएको हो ।
भैरहवा निवासी पौड्याल जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रुपन्देहीका अध्यक्ष हुन् । त्यस्तै उनी भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्था, रुपन्देहीका अध्यक्ष तथा नमुना एकीकृत विकास परिषद् रुपन्देहीको निवर्तमान अध्यक्ष हुन् ।
मन्त्रीपरिषद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ असोज ३ गते संविधान दिवसका दिन उक्त विभूषणको घोषणा गरेकी थिइन् । नेपालको संविधानको धारा २७७ को उपधारा १ मा राष्ट्रपतिले राज्यका तर्फबाट प्रदान गरिने उपाधि, सम्मान र विभूषण प्रदान गर्ने उल्लेख छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij