२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

सियारी गाउँपालिका अध्यक्ष घिमिरेको निवासमा प्रेसर कुकर बम 

शनिवार , बैशाख २, २०८०

रुपन्देही, २ वैशाख । 
रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको निजी निवासमा प्रेसर कुकर बम फेला परेको छ । अध्यक्ष घिमिरेको घर रहेको सियारी–४ दयानगर छपियास्थित घरको पछाडितर्फको पर्खाल बाहिर प्रेसर कुकर फेला बम परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए । 

नेपाली कांग्रेस रुपन्देहीका जिल्ला उपसभापति समेत रहेका घिमिरेले बिहान पौने १० बजेतिर घरबाहिर निस्कने बेलामा तारबार जेलिएर राखिएको अवस्थामा प्रेसेर कुकुर बम देखेको र तुरुन्त प्रहरीमा खबर गरेको जानकारी दिए । अहिले नेपाल प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा रहेको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजको तयारी गरिएको डिएसपी अर्यालले जानकारी दिए । 
बम कसले र किन राखेको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको डीएसपी अर्यालले जानकारी दिए ।