
शुक्रवार , बैशाख १, २०८०
पाल्पा, १ वैशाख ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका ३० वर्षीय शिभम जैसवालको खोलामा डुबेर मृत्यु भएको छ ।
नयाँ वर्ष मनाउन पाल्पा आएका उनको भुतखोला पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुपन्देहीबाट नयाँ वर्ष घुमघाम गर्न आएका उनको शुक्रबार बिहान पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्सास्थित भुतखोलामा डुबेर मृत्यु भएको हो ।
ढुंगामा चिप्लिएर लडेपछि उद्धार गरेर उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij