
शुक्रवार , बैशाख १, २०८०
काठमाडौं, १ वैशाख ।
आज (शुक्रबार) बाट विक्रम सम्वत २०८० सुरु भएको छ । १ वैशाखलाई नेपालीले नयाँ वर्षको रुपमा मनाउँदै आएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन शुक्रबार देश तथा विदेशमा रहेका नेपालीले एकअर्कामा शुभकामना आदनप्रदान गरी नयाँ वर्ष मनाइरहेका छन् ।
नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । जसकारण नयाँ वर्षको दिन साथीभाइ तथा परिवारका सदस्यहरु भेला भएर घुम्न जाने, रमाइलो गर्ने गर्छन् । यसदिन नयाँ कामको थालनी गर्ने परम्परा पनि छ ।
मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा चल्दै आएको विक्रम सम्वत विक्रमादित्यले चलाएका हुन् ।नेपालमा मात्र मौलिक रुपमा यो सम्वत् चल्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij