
शुक्रवार , बैशाख १, २०८०
भैरहवा, १ वैशाख ।
जिल्ला कारागार भैरहवा, रुपन्देहीमा रहेका कैन्दीबन्दीको निःशुल्क मधुमेह परीक्षण गरीएको छ । लायन्स क्लव अफ सिद्धार्थनगर सिर्जनशीलको आयोजनामा कारागारमा रहेका करिब ३ सय जना कैदीबन्दीको मधुमेह परीक्षण गरिएको हो । परीक्षणपश्चात मधुुमेह देखिएकाहरुलाई निःशुल्क औषधीसमेत प्रदान गरिएको कार्यक्रम संयोजक तारा कुंवरले बताइन् ।
कैदीबन्दीको पनि स्वस्थ जीवन जिउन पाउने अधिकारको सुनिश्चिता गर्न एकदिने स्वास्थ्य शिविर राखेर परीक्षण गरीएको आयोजक संस्थाका अध्यक्ष शिबुु रसाइलीले जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले लायन्सले गर्दै आएको मानवीय सेवा अनुुकरणीय रहेको बताए । उनले स्वस्थ्य जीवन जिउन पाउने सबैको अधिकार रहेको उल्लेख गर्दै स्वास्थ्य सवै नागरिकको मौलिक अधिकार रहेको बताए ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक २३५ (पी) का गभर्नर नवराज न्यौपानेले लायन्स मानवीय सेवा गर्ने संस्था रहेको उल्लेख गर्दै स्थापनाको छोटो समयमा पनि सिर्जनशील लायन्सले मानवीय सेवामा उल्लेख्य काम गरेको बताए । संस्थाकी सचिव बबिता पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij