२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

धनगढीमा एकजनाको पेटमा भेटियो भोड्काको बोतल

बिहिवार , चैत्र ३०, २०७९

धनगढी, ३० चैत । 
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गर्न आएका एक वृद्धको पेटमा सिङ्गो भोड्काको बोतल (क्वाटर) भेटिएको छ ।  

सेती प्रादेशिक अस्पताल सञ्चालनक समितिका अध्यक्ष निर्मल शाहका अनुसार  अस्पतालमा  उपचारका लागि आएका धनगढीस्थित फुलवारी एच गाउँका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्स–रेबाट देखिएको हो । उनी धनगढीको फुलबारीको एच गाउँ निवासी हुन । पेटमा कसरी बोतल पुग्यो त्यो स्पष्ट हुन सकेको छैन ।