images
images

आइतवार, जेठ ६ गते २०८१

भैरहवामा आज हुने सडक खाना महोत्सवको पूर्व सन्ध्यामा सरसफाई

भैरहवामा आज हुने सडक खाना महोत्सवको पूर्व सन्ध्यामा सरसफाई

images
images
images
बिहिवार, चैत्र ३० २०७९
बिहिवार, चैत्र ३० २०७९
  • भैरहवामा आज हुने सडक खाना महोत्सवको पूर्व सन्ध्यामा सरसफाई

    भैरहवा, ३० चैत ।
    होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन, रुपन्देहीको आयोजनामा आज (बिहीबार) हुने सिद्धार्थ सडक खाना महोत्सवको पूर्वसन्ध्यामा भैरहवामा बिहान सरसफाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमस्थल देवकोटा चोकदेखि बसपार्कसम्म सडक सरसफाई गरिएको होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठनका अध्यक्ष पिताम्बर न्यौपानेले बताए ।

    images
    images
    images

    नयाँ वर्ष २०८० को स्वागत गर्दै भैरहवामा हुन लागेको सडक खाना महोत्सवले  आन्तरिक तथा भारतीय पर्यटकलाई आर्कषित गर्ने अध्यक्ष न्यौपानेले बताए ।

    महोत्सवमा तारे होटलजन्य, रेष्टुरेण्टजन्य साथै थारु, नेवारी, मगर परिकारका विभिन्न स्टलहरु रहने संगठनका महासचिव राजेश महोत्राले जानकारी दिए । 

    कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष सोम बहादुर गुरुङले सडक खाना महोत्सवले आन्तरिक पर्यटनमा ठूलो सहयोग पुग्ने बताए ।

    संगठनका अध्यक्ष पिताम्बर न्यौपानेको अध्यक्षता, सिद्धार्थनगर–१३ का वडाअध्यक्ष सोम बहादुर गुरुङको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक पदम पन्तको स्वागत तथा संगठनका महासचिव राजेश महोत्राको सञ्चालनमा सम्पन्न कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन) का अध्यक्ष अनिल कुमार ज्ञवाली, मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवाली, लुम्बिनी मनिचेञ्जर व्यवसायी संघका अध्यक्ष ऋषिराम पाण्डेय, संगठनका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

    सांझ ६ बजेदेखि सुरु हुने सडक खाना महोत्सवमा विभिन्न ६५ वटा स्टलहरु रहेको र राष्ट्रिय कलाकारहरु र स्थानीय कलाकारहरुको प्रस्तुती रहने संगठनका सचिव बाल बहादुर घिमिरे (सुनिल) ले बताए । 

    dddd.jpg
    undefined

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij