२०८३, भाद्र २२ गते

Sep 07 2026 | २०८३, भाद्र २२ गते

प्रधानन्यायाधीश नियुक्त गर्न बार एसोसिएसनले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

बिहिवार , चैत्र ३०, २०७९

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौँ, ३० चैत। प्रधानन्यायाधीश नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले ध्यानाकर्षण गराएका छन् ।

    बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरूले  प्रधानन्यायाधीश नियुक्त गर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन्।

    छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषदको बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

    जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषदका पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाई आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    सोहीक्रममा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गरे ।