२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

सगरमाथा आरोहणको क्रममा हिम पहिरोमा परेर तीन जनाको मृत्यू

बुधवार , चैत्र २९, २०७९

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडौं । सगरमाथा हिमाल आरोहणको क्रममा हिम पहिरोमा परेर ३ जनाको मृत्यू भएको छ ।

    खुम्बु आईसफल भत्किएर हिमालमा पहिरो जाँदा क्याम्प १ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङल्हमु गाउँपालिका ५ का तीनजना आरोहीको मृत्यू भएको सगरमाथा प्रदुषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए ।

    सर्वोच्च शिखर सगरमाथाको ५ हजार ७ सय मिटरको उचाईमा भएको उक्त घटनामा परि मृत्यू हुनेहरुमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् । ईमाजिन ट्रेक प्रा।लि।बाट सगरमाथा आरोहणको क्रममा गाईडको रुपमा हिँडेका शेर्पाहरुको बुधबार विहान मृत्यू भएको हो ।

    विहान एक्कासी आएको पहिरोका कारण मृतकको शव खोचमा पुरिएको छ । शब उद्धारको लागि हेलिकप्टर पठाउने तयारी भईरहेको जनाईएको छ । मृतकको उद्धारका लागि एसपिसिसिको टोली गए पनि शवहरु खोचमा भएका कारण उद्धार प्रयास असफल भएको एसपसिसिले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।