
मंगलवार , चैत्र २८, २०७९
रुपन्देही, २८ चैत ।
लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको वर्ष २०२३/०२४ को अध्यक्षमा कमल पौडेल चयन भएका छन् । पौडेल यसअघि क्लबमा वर्ष २०२२/०२३ मा प्रथम उपाध्यक्ष पदमा थिए ।
क्लबका संस्थापक अध्यक्ष दिपेश विक्रम मल्लको प्रमुख आतिथ्यता तथा संस्थाका कार्यवाहक अध्यक्ष कमल पौडेलको अध्यक्षतामा सम्पन्न भएको बैठकले २०२३/२४ का लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको प्रथम उपाध्यक्षमा डा. विजय अमगाई, द्वितीय उपाध्यक्षमा विमल तिवारी र तृतीय उपाध्यक्षमा नबिन थापा मगर चयन भएका छन् । त्यस्तै सचिवमा दिपेश पाण्डे र कोषाध्यक्षमा कृष्ण प्रसाद न्यौपाने रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि क्लबका संस्थापक अध्यक्ष दिपेश विक्रम मल्लले सेवा नै धर्म भन्दै सेवामुखी कार्य गरेर संस्थालाई अझ माथि लैजादै वर्ष २०२३/२४ का टीमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij