२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

बीएमजीको अध्यक्षमा ओमकार गौचन

सोमवार , चैत्र २७, २०७९

भैरहवा, २७ चैत ।
भैरहवा मर्निङवाक ग्रुप (बीएमजी) को छैठौं साधारण सभा तथा तेश्रो अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले ओमकार गौचनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा बाबुराम केसी, सचिवमा राजु नारायण श्रेष्ठ, कोषाध्यक्षमा रन बहादुर केसी र सह–सचिवमा विष्णु गौतम सर्वसम्वत निर्वाचित भएको निर्वाचन आयुक्त कृष्णराज ढुंगानाले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बीएमजीका संस्थापक अध्यक्ष विजय गोविन्द श्रेष्ठले बीएमजीको स्थापना कालदेखि नागरिक समाजको भूमिका निर्वाह गर्दै आइरहेको बताए । 

कार्यक्रममा ग्रुपका सल्लाहकार चन्द्रप्रकश श्रेष्ठ, सदस्य वनमाली निराकार, मीना श्रेष्ठ, सञ्चारकर्मी शंकर पाण्डे, मनोरञ्जन शर्मा लगायतले बोल्नुभएको कार्यक्रम संयोजक हरिओम गुरुङले बताए ।

ग्रुपका उपाध्यक्ष बाबुराम केसीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सन्चालन सचिव राजुनारायण श्रेष्ठले गरेका थिए । पारिवारिक वनभोज समेत राखिएको कार्यक्रममा विभिन्न खेलसहित नाचगान गरिएको खेल संयोजक सुवर्ण शाक्यले बताए ।