२०८२, पौष १८ गते

Jan 02 2026 | २०८२, पौष १८ गते

नेपाल दलित मुक्ति मोर्चा सिद्धार्थनगरको दोस्रो भेला, अध्यक्षमा रामप्रसाद 

सोमवार , चैत्र २७, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, २७ चैत ।
    नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा सिद्धार्थनगर, भैरहवाको दोस्रो नगर भेला आइतबार भैरहवामा सम्पन्न भएको छ । भेलाले रामप्रसाद वि.क.को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नगर कार्यसमितिको उपाध्यक्षमा तारा बराल, लालचन्द धवल, राजु सुनार, सचिवमा जोहना बागदास, कोषाध्यक्षमा कल्पना परियार र सह–सचिवमा श्रवण हरिजन चयन भएका छन् ।

    त्यस्तै सदस्यहरु प्रेम खाती, सुशिल वि.क., गणेश रसाइली, रामु लोहनी, आरती हरिजन, लक्ष्मी हरिजन, सुदामा धवल, सोनमति पासी, रीता हरिजन, कमला सुनार, मिश्रीलाल धोबी, विमला धोबी, सुमित्रा सुनार, राम बहादुर नेपाली र उमेश हरिजन रहेका छन् ।

    भेलालाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीले जातको आधारमा हुने विभेद २१ औ शताब्दीमा मानव जातिकै निम्ति ठूलो चुनौती भएको बताइन् । उनले जातीय छुवाछुत र विभेदविरुद्ध एकजुट भएर अघि बढ्नुपर्ने बताइन् । 

    भेलामा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य किस्मत विश्वकर्मा, पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा क्षेन नम्बर ३ का इञ्चार्ज  तीरबहादु रोकाय (डार्बिन), प्रदेश सदस्य दीपा वि.क., रुपन्देही जिल्ला अध्यक्ष  निर्मल  जि.सी., सिद्धार्थनगर इञ्चार्ज फैज अहमद खान, नगर अध्यक्ष नारायण हमाल लगायतले बोलेका थिए ।

    धुर्व लामगादेको अध्यक्षता, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीको प्रमुख आतिथ्यता, राम बहादुर वि.क.को स्वागत तथा तारा बरालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५१ जना नेकपा (माओवादी) केन्द्रमा प्रवेश गर्नुभएको पार्टीका सिद्धार्थनगर उपाध्यक्ष धुर्व लामगादेले बताए ।