२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

लियो जिल्ला परिषदको प्रथम अधिवेशन भैरहवामा हुँदै 

सोमवार , चैत्र २७, २०७९

भैरहवा, २७ चैत ।
लियो जिल्ला परिषदको तेस्रो परिषद बैठक तथा प्रथम अधिवेशन आगामी २०८० वैशाख १६ गते भैरहवामा हुने भएको छ । रिजन ७ को संयोजनमा भैरहवास्थित होटल पौवामा लियो जिल्ला परिषदको बैटक तथा प्रथम अधिवेशन हुने आयोजकले जनाएका छन् ।

नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु काठमाण्डौ क्षेत्रका करिब ३ सय जना युवाहरुको सहभागीता हुने कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढिरहेको कार्यक्रम संयोजक तथा रिजन ७ चिफ रितु ज्ञवालीले दिइन् । 
लियो जिल्ला परिषदका अध्यक्ष एम.डी. न्यौपानेले कार्यक्रममा १८ देखि ३० वर्ष उमेर समूहका युवाहरुको सहभागीतामा हुने कार्यक्रममा संगठन लियोको विकास र भावी योजनाबारे छलफलसहित आगामी नेतृत्व चयन हुने बताए । 

सो का लागि लियो जिल्ला परिषदले शार्दुल मयुर कसौधनलाई निर्वाचन अधिकृत तथा अव्दुल साजिदलाई मनोनयन अधिकृत चयन गरी प्रक्रिया अघि बढाइसकेको न्यौपानले जानकारी दिए ।

जिल्ला सचिव लियो रविन जोशीले हालसम्म १ जनाले जिल्ला अध्यक्ष र ३ जनाले जिल्ला उपाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् ।  उनले भने, ‘यो कार्यक्रमलाई हरेक तवरले उत्कृष्ट बनाउन आयोजक कमिटी र संयोजकसँग समन्वय गरिरहेको छु । लियो जगतको इतिहासमा यो एक एतिहासिक कार्यक्रम हुनेछ ।’

२०७९ वैशाख ६ गते मनोनयन दर्ताको अन्तिम दिन रहेकोले सो दिनसम्म इच्छुक सबैलाई आफ्नो मनोनयन दर्ता गर्न अधिकृत लियो अव्दुल साजिदले अनुरोध गरेका छन् ।