२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

नवजीवन क्लबको वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न

सोमवार , चैत्र २७, २०७९

तिलोत्तमा, २७ चैत ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजीवन क्लबको वार्षिक साधारणसभा तथा १० औं अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले क्लबको नयाँ नेत्तृत्व सर्वसम्मत चयन गरेको छ । क्लबको  अध्यक्षमा केशव भुसाल, वरिष्ठ उपाध्यक्षमा प्रकाश न्यौपाने, उपाध्यक्षमा सागर पाठक, सचिवमा गोविन्द पाण्डे, सह–सचिवमा आशिष पाठक र कोषाध्यक्षमा बाबुराम बेल्बासे चयन भयका छन । 

त्यस्तै क्लबको सदस्यमा बिनोद बस्याल, भरतराज पाठक, इश्वर भुसाल, राजु भुसाल, काशीराम बेल्बासे, विक्रम रेग्मी र कृष्ण भुर्तेल चयन भएका छन् । 

त्यसै गरी लेखा समिति संयोजकमा बिमल पाठक तथा सदस्यहरुमा प्रदिप न्यौपाने र समिर  रिजाल चयन भयका छन । 

कार्यक्रममा तिलोत्तमा–६ का वडाअध्यक्ष गणेश पाठकले निर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै खेल क्षेत्रको विकास र खेलाडीहरुको प्रोत्साहनका लागि वडाले सक्दो सहयोग गर्ने बताए ।

दुई कार्यकाल करिब ७ वर्ष क्लबको नेत्तृत्व गरेका अध्यक्ष गोविन्द भुसालको पहलमा ३ वटा कोर्टसहितको कबर्ड हल निर्माण भएको छ भने कम्पाउन्डवालसहितको सुविधासम्पन्न क्रिकेट मैदान निर्माण भएको छ । करिब १८ बिगाह क्षेत्रफलमा क्लबले कबर्ड हल, खेल मैदान, सचिवालय, हरियाली पार्क, पानीको बोरिङ लगायतका संरचना निर्माण गरेको छ ।