२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

‘मलाई जेल हाल’ भन्दै भारतको तिहाड जेलबाहिर लाइन

आइतवार , चैत्र २६, २०७९

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • नयाँदिल्ली, २६ चैत । 
    शुक्रबार दिल्लीको तिहाड जेल बाहिर एउटा अनौंठो दृश्य देखियो । जेल जानका लागि आत्मसमर्पण गर्न आएका कैदीहरूको लामो लाइन मात्रै देखिएन कि जेलभित्र जानका लागि एकआपसमा तछाड मछाड गरेको दृश्य पनि ढोका देखियो । मानौं कारागारमा सबैभन्दा पहिले को प्रवेश ? गर्ने भन्नेमा कैदीबन्दीहरुको बीचमा प्रतिष्पर्धा चलिरहेको छ । 

    वास्तवमा कोरोना महामारीका बेला सर्वोच्च अदालतको आदेशमा ४ हजार ६ सय ८३ कैदी रिहा भएका थिए । जसमा १ हजार १ सय ८४ कैदी सजाय पाएका थिए भने अन्य विचाराधिन कैदी थिए । कोरोना महामारीमा बाहिर आउन पाएकामध्ये अधिकांश कैदी अहिलेसम्म कारागारमा फर्केर गएका थिएनन् । 

    तर, गत फागुन २४ गते भारतीय सर्वोच्च अदालतले जेलबाट बाहिर आएका सबै कैदीलाई समय सीमा नै तोकेर १५ दिनभित्र जेलमा आत्मसमर्पण गर्नुपर्ने आदेश दियो । अदालतका आदेशअनुसार यसरी आत्मसमर्पण गर्ने अन्तिम दिन चैत २५ गते रहेको थियो । त्यसैले आत्मसमर्पण गर्ने अन्तिम मिति अर्थात चैत २५ गते तिहाड जेलको बाहिर कैदीहरुको लस्कर लागेको हो । उनीहरु बीच को पहिला जाने भन्नेमा सामान्यसम्म झगडासमेत भएको इण्डिया टिभीले जनाएको छ । 

    अहिलेसम्म १ हजार ७६८ कैदीले आत्मसमर्पण गरिसकेका छन् । यद्यपि अझै धेरै कैदी आत्मसमर्पण गर्न नपुगेको भारतीय मिडियाहरूले जनाएका छन्  ।