२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

लायन्स क्लब अफ बुटवल स्टार्समा लिगल

आइतवार , चैत्र २६, २०७९

बुटवल, २६ चैत । 
लायन्स क्लब अफ बुुटवल स्टार्सको आगामी वर्ष २०२३/२०२४ को लागि नयाँ नेतृत्व चयन भएको छ । क्लबको आगामी वर्षको लागि नयाँ अध्यक्षको रुपमा रिन्कु लिगल निर्वाचित भएका हुन् । निर्वाचित अध्यक्ष लिगलले आफ्नो कार्यकालमा नमूना बनाउने गरी सामाजिक कार्य गर्ने बताए । उनले सबैको साथ र सहयोगले क्लब अगाडि बढ्ने भएकोले सहकार्यका लागि अनुरोध गरेका छन् । क्लबको प्रथम उपाध्यक्षमा भुपेन्द्र अर्याल, द्वितीय उपाध्यक्षमा राजन जि.सी., तृतीय उपाध्यक्षमा ढकेश्वर भट्टराई, सचिवमा किरण कुमार के.सी, कोषाध्यक्षमा पिताम्बर अर्याल, इलेक्ट पी.आर.ओ.मा अब्दुल सलामत,  सह–सचिवमा रामबहादुर शाही, सह–कोषाध्यक्षमा गोकुल तिवारी निर्वाचित भएका हुन् ।

त्यस्तै एलसीआइएफ कोडिनेटर चेयरपर्सनमा डा.अन्जनी बर्नवाल, क्लब मेम्बरसीप चेयरपर्सनमा विष्णु ज्ञवाली, क्लब मार्केटिङ्ग एण्ड कम्युनिकेशन चेयरपर्सनमा नविन पन्थी, निर्देशक सर्भिसमा वजकिशोर वर्मा, टेल ट्वीस्टरमा दुर्गा बहादुर आले र टेमरमा रुक्मागत पाण्डे निर्वाचित भएका छन् ।

शनिबार एक कार्यक्रमकाबीच लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ पी फस्ट डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजु, सेकेण्ड डिष्ट्रिक गभर्नर पुरुषोत्तम प्रधानाङ्ग, पाष्ट डिष्ट्रिक गभर्नर महेन्द्रनारायण श्रेष्ठ, संस्थापक अध्यक्ष तथा डिष्ट्रिक ३२५ पी का सचिव सन्दिप कसौधन, पूर्वअध्यक्ष तथा डिष्ट्रिक एड्भाइजर आशिष कृष्ण श्रेष्ठ, पूर्वअध्यक्ष तथा एरिया चिफ एम.एल. पाण्डेले नवनिर्वाचित पदाधिकारी बधाई तथा शुभकामना दिएका थिए । सोही कार्यक्रममा वर्ष २०८० को  क्यालेण्डर समेत विमोचन गरिएको थियो ।