
आइतवार , चैत्र २६, २०७९
भैरहवा, २६ चैत ।
लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभले रुपन्देहीको रोहिणी गाउँपालिका–७ टिकरस्थित श्री सरस्वती आधारभूत विद्यालयमा दुईवटा अत्याधुनिक सुविधासम्पन्न शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।
शुक्रबार एक समारोहकाबीच शौचालयको चावी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवमार्फत विद्यालयलाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष सुनिल कुमार सेन्चुरीले बताए ।
सरस्वती आधारभूत विद्यालयमा ३ सय बढी विद्याथीहर्रु अध्ययनरत रहेको र शौचालयको उचित व्यवस्था नरहेको जानकारी पाएपछि क्लबले शौचालय निर्माण थालेको थियो । करीब २ लाखको लागतमा निर्माण गरिएका पक्की शौचालय विद्यालयलाई हस्तान्तरण गरिएसँगै विद्यालय परिवार हर्षित भएको प्रधानाध्यापक रीता थापाले बताइन् ।
हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले पालिकाले यसको संरक्षण र सही प्रयोमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरे ।
प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी नेपालका संस्थापक गभर्नर नवराज न्यौपानेले सरकारको ध्यान जान नसकेको ठाउँमा सहयोगीको रुपमा लायन्स पुगिरेहको बताए ।
क्लबका अध्यक्ष सुनिल कुमार सेन्चुरीको अध्यक्षता, डिष्ट्रिक गभर्नर नवराज न्यौपानेको प्रमुख आतिथ्यता, गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको विशिष्ट आतिथ्यता, लायन्सका अगुवा राजेश खरेल, लायन्स अनरी एडभाइजर प्रेम कुमार सेन्चुरी, अभिनव मयुर कसौधनलगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक चन्द्रिका धवलले जानकारी दिए । क्लबका सचिव संजोगराज तिवारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij