२०८२, पौष १८ गते

Jan 02 2026 | २०८२, पौष १८ गते

माइती नेपाल ३१ औं वर्षमा प्रवेश

शनिवार , चैत्र २५, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, २५ चैत ।
    माइती नेपाल भैरहवा आवधिक गृहले शनिबार स्थापना दिवस मनाएको छ । ३० वर्ष पुरा गरी ३१ औं वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले आज वार्षिक उत्सव मनाएको हो

    नेपाल भारत सीमा नाका बेलहियामा भएको दुई देशका सरोकारवालाहरुको संयुक्त बैठकले मानव बेचविखनविरुद्धमा गर्न सकिने प्रयासका बारेमा छलफल गरी वार्षिक उत्सव मनाएको हो ।

    ईलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक अनिल थापाको अध्यक्षतामा भएको बैठकमा माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्रीले संस्थाले गरेका कामको बारेमा जानकारी गराइएकी थिइन् ।

    बैठकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख साकार पन्त, सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण कुमार शर्मा, नारायण अर्याल, भारतका प्रहरी प्रतिनिधि अक्षय कुमार, पुर्वान्चल ग्रामीण सेवा समिति गोरखपुर चाइल्ड प्रोटेक्सन अफिसर पुष्पा चौधरी, भारतमा कार्यरत मानव सेवा संस्थाका बबिता, शुभ अवसर ग्राम नेपालका अधिकृत विकास देवकोटा, थ्री एन्जल्स नेपालका कल्पना कडायत, आफन्त नेपालका पदमा आचार्य, सञ्चारकर्मी शंकर पाण्डे लगायतले सो अवसरमा बोल्दै मानव बेचविखनका विरुद्धमा गर्न सकिने विभिन्न उपायका बारेमा सल्लाह सुझाव पनि दिएका थिए ।