
शनिवार , चैत्र २५, २०७९
भैरहवा । पञ्चकन्या समुहको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिबिरमा ५ सय जनाले स्वास्थ्य परिक्षण गरेका छन् ।
समुहको ५० औं प्रबेश अबसरमा आयोजित स्वास्थ्य शिबिरमा उद्योगमका कार्यकार कर्मचारी, कामदार, उनीहरुका परिवार तथा स्थानिय गरी झण्डै ५ सयको हाराहारीमा स्वास्थ्य परिक्षण गरिएको समुहका महाप्रबन्धक देवेन्द्र शाहुले जानकारी दिए । पञ्चकन्याले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित कारखानामा दुईदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।
सिद्धार्थनगर सिटी हस्पिटलको प्राविधिक सहयोगमा भएको शिविरमा ३ सय ६८ जनाको आँखा, ४ सय १० जनाको जनरल फिजिसियन सम्बन्धी, ६८ जनाको नाक, कान, घाँटी र ३५ जनाको छाला सम्बन्धी रोगका बिषयमा जाँच तथा परामर्श लिएको सिटि हस्पिटलका बजार प्रन्धक पंकज पाण्डेले जानकारी दिए ।
सिद्धार्थनगर सिटि हस्पिटलका प्रबन्ध सञ्चालक अर्जुन पौडेलले रोग लाग्नु भन्दा पहिला नै जाँच गराउनु महत्वपुर्ण काम भएको भन्दै पञ्चकन्याले महत्वपुर्ण कार्य गरेको बताए । उनले अन्य फ्याट्रिले कर्मचारी तथा मजदुरका लागि यस्ता खालका कार्यक्रम नगरिरहेको अबस्थामा पञ्चकन्या समुहले कर्मचारी र मजदुरको हितमा काम गरेको प्रति खुसी व्यक्त गर्दै निरन्तरताको लागि आग्रह गरे । सिटि हस्पिटलले अति विपन्न परिवारको उपचारका लागि आबश्यक सहयोग गर्ने पनि बताए ।
पञ्चकन्या समुहका महाप्रबन्धक देवेन्द्र साहूले कर्मचारी र कर्मचारी, मजदुर र उनीहरुका परिवारका सदस्यहरु कम्पनीको सम्पत्ति भएको उल्लेख गर्दै सदैव कर्मचारी र महजुरको हितमा काम गरेको बताए । उनले पञ्चकन्यामा कार्यरत कर्मचारी तथा मजदुर पैसाकै अभावमा उपचारबाट बञ्चित हुन नपर्ने भन्दै स्वास्यमा बिशेष ध्यान दिएको बताए । कर्मचारीले आफूलाई उद्योगको मालिक तथा सञ्चालक सोचेकै कारण पञ्चकन्या समुहले ५० वर्ष पुरा गरेको उनले बताए ।
‘हामो उद्योगमा कार्यरत १ हजार २ सय जना कर्मचारी तथा मजदूरले आफूलाई उद्योगको मालिक ठानेकै कारण हामी यहाँसम्म आइपुगेको छौं, हामी सबैको मिहिनेतले कम्पनीले १ सय वर्ष पूरा गर्नेछ,’ उनले भने ।
पञ्चकन्या समुहका ईन्जिनियर मिलन थापाले कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत विगतमा पनि यस्ता कार्यक्रम गरेको र अहिले पनि निरन्तरता दिएर आफुहरुको स्वास्थ्यमा बिशेष ध्यान दिएको बताए ।
पञ्चकन्या उद्योगका प्रशासन प्रमुख राजेन्द्र ज्ञवालीको स्वागत तथा बजार प्रबन्धक सुरेश मिश्रको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij