२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

लायन्स भैरहवा लिगेसीद्वारा निःशुल्क मधुमेह परीक्षण

शुक्रवार , चैत्र २४, २०७९

भैरहवा, २४ चैत ।
हनुमान जयन्तीको अवसर पारेर लायन्स क्लब अफ भैरहवा लिगेसीले बिहीबार निःशुल्क मधुमेह (सुगर) परीक्षण गरेको छ । लुम्बिनी डाइग्नोष्टिक एण्ड प्याथ सि.न.पा. ८, लुम्बिनीरोडको सहयोगमा सिद्धार्थनगर–४ स्थित श्रीराम जानकी हनुमान मन्दिर परिसरमा निःशुल्क मधुमेह परीक्षण गरिएको क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले बताए ।

हनुमान मन्दिर परिसरमा ३ सय जनाको मधुमेह परीक्षण गरिएको कार्यक्रम संयोजक शैलेश उपाध्यायले जानकारी दिए ।

त्यस्तै हनुमान जयन्तीकै अवसर पारेर क्लबले भैरहवास्थित उज्यालो चोकमा निःशुल्क सर्वत तथा पानी वितरण गरेको छ । हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्रामा सहभागी सर्वसाधारणलाई लक्षित गरेर सर्वत तथा पानी वितरण गरिएको क्लबका प्रथम उपाध्यक्ष राजन शुक्लाले बताए । 

337152469_1171869153499551_216907658731191599_n.jpg

एस प्लाई एण्ड ग्लास हाउस सिद्धार्थनगर–९ गोलीगढको सहयोगमा सर्वत तथा पानी वितरण गरिएको क्लबका संस्थापक सचिव नारायण प्रसाद कोइरालाले बताए । सो अवसरमा १ हजार जनालाई पानी तथा सर्वत वितरण गरिएको कार्यक्रम संयोजक सन्दिप कुमार अग्रहरीले जानकारी दिए ।