२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लुम्बिनीमा पीस हाफ म्याराथन, २ हजार बढी सहभागी

बिहिवार , चैत्र २३, २०७९

भैरहवा, २३ चैत ।

‘शान्ति र समृद्धिका लागि खेलकुद’ भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा लुम्बिनी पीस हाफ म्याराथन प्रतियोगिता सुरु भएको  छ । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले  प्रतियोगिताको आयोजना गरेको हो ।  

प्रतियोगितामा देशभरका २ हजार  ५ सय ५० महिलापुरुष  खेलाडी  मैदानमा उत्रिएका छन् । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष  केपी ओलीले लुम्बिनीमा शान्ति दीपमा बालेको दीप ओलम्पिक कोच चन्द्र बहादुर घले, विमला राना र मोहन घलेलाई दिएर प्रतियोगिता सुरु गरेका  हुन् । उनी एकेडेमीका संरक्षक पनि हुन् । 

newskarkahna-news487110..jpeg

मायादेवी मन्दिर अगाडिदेखि सुरु म्याराथनमा खेलाडीले लुम्बिनी वरपर २ फन्को मारेर २१ किलोमिटरको दुरी पुरा गर्नेछन् ।

प्रतियोगितामा महिला पुरुष दुवैलाई  छुट्टाछुट्टै पुरस्कृत गरिने छ । प्रतियोगितामा प्रथम हुने पुरुष खेलाडीलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ र तेस्रोलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ । महिला प्रथम हुनेले १ लाख ५१ हजार नगद पाउनेछन् । दुवै विधामा दशौंसम्मका लागि नगद पुरस्कार राशीसंगै प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ ।