२०८२, चैत्र २५ गते

Apr 08 2026 | २०८२, चैत्र २५ गते

सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी केशव घिमिरेको इजलासमा

बुधवार , चैत्र २२, २०७९

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, २२ चैत । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर बलात्कार मुद्दाको सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ ।

    काठमाडौं जिल्ला अदालतमा न्यायाधीश केशवप्रसाद घिमिरेको एक इजलासमा सन्दीपविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ हुने भएको हो । यसअघि १३ चैतमा तोकिएको सुनुवाइ सन्दीप पक्षका कानुन व्यवसायीले स्थगित गरेका थिए ।

    यसअघि काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै सन्दीपलाई २० लाख रूपैयाँ धरौटीमा थुनामुक्त गरेको थियो ।