२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

ड्रिम ग्रुपले सातै प्रदेशमा आउटलेट खोल्ने

आइतवार , चैत्र १९, २०७९

  • 4.8K
    Shares
  • 4.8K
    Shares
  • बुटवल, १९ चैत ।
    ड्रिम ल्याण्ड गोल्ड रिर्सोट एण्ड होटल प्रा.लि.को  १३ औं वार्षिक उत्सव तथा कर्मचारी सम्मान कार्यक्रम गरिएको छ। ड्रिम ल्याण्ड गोल्ड रिर्सोट मणिग्राममा भएको कार्यक्रममा अध्यक्ष गोपाल राना, सञ्चालक विष्णु बहादुर थापा, सञ्चालक गीता थापा, ड्रिम ल्याण्ड गोल्ड रिर्सोट एण्ड होटलका जनरल म्यानेजर लक्ष्मण खड्का लगायतको सहभागीता रहेको थियो ।

    338758107_1011592196892296_8730798908299098773_n.jpg

    रिर्सोटमा कार्यरत कर्मचारीहरुमध्ये विभिन्न विधामा १८ जना कर्मचारीहरुलाई सम्मानसहित प्रमाणपत्र वितरण गरिएको थियो । साथै १३ औं वार्षिक उत्सवको अवसरमा  केक काटेर सेलिब्रेसन गरिएको हो । 

    रुपन्देहीमा स्थापना भइ होटल व्यवसायमा चेन विजनेशको सुरुवात गरेको गरेको ड्रिम ग्रुपले प्रदेशका सातवटै राजधानीमा नयाँ आउटलेट खोल्ने योजना बनाएको छ । अहिलेको विषम परिस्थतिको कारण केही समय ढिला भए पनि आउटलेट खोल्ने योजना अभियानकै रुपमा अगाडी बढ्ने बताएका छन् ।  

    हाल ड्रिम ग्रुप अन्र्तगत ड्रिम ल्याण्ड गोल्ड रिर्सोट मणिग्राम र बुटवलमा बुटिक होटलको रुपमा ड्रिम ईन्टरनेशनल होटल सञ्चालनमा आएको छ । कार्यक्रमको सञ्चालन  कम्पनीका लेखा प्रमुख दिपेन्द्र सिंह जि.सी.ले गरेका थिए ।