२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

लायन्स होलिसिटी सिद्धार्थनगर र लियो होलिसिटी भैरहवाद्वारा रक्तदान

आइतवार , चैत्र १९, २०७९

भैरहवा, १९ चैत ।
लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगर र लियो क्लब अफ होलिसिटी भैरहवाको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–२ स्थित पडसरी स्वास्थ्य चौकीमा शनिबार भएको कार्यक्रममा १०९ युनिट रगत संकलन भएको लायन्स होलिसिटी सिद्धार्थनगरका अध्यक्ष मंगल भण्डारीले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का संस्थापक गभर्नर नवराज न्यौपानेले लायन्स र लियो क्लबहरुले रचनात्मक कार्य गर्दै आएको बताए । उनले रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गर्नु सराहनीय भएको बताए । उनले रक्तदान जीवनदान भएको बताए ।

विशिष्ट अतिथि ओमसतिया गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष शित्तल जि.टी.ले रक्तदान महान कार्य भएको बताए ।

त्यस्तै जोन चेयरपर्सन राजेन्द्र थापा, एरिया–५ का चिफ संगम न्यौपाने, लायन्स होलिसिटी सिद्धार्थनगरका निवर्तमान अध्यक्ष राकेश गुरुङ लगायतले आगामी दिनमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरका अध्यक्ष मंगल भण्डारी, लियो क्लब अफ होलिसिटी भैरहवाका अध्यक्ष ओजश शर्मा, कार्यक्रम संयोजकद्वय माधव शर्मा, सिद्वान्त पौडेल लगायतले रक्तदानको महत्वका बारेमा बोलेका थिए । दीपक काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।