२०८२, चैत्र २५ गते

Apr 08 2026 | २०८२, चैत्र २५ गते

स्वतन्त्र पत्रकार संघ रुपन्देहीमा पंगेनी

आइतवार , चैत्र १९, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • बुटवल, १९ चैत ।

    स्वतन्त्र पत्रकार संघ रुपन्देही शाखाको अध्यक्षमा मिलन पंगेनी चयन भएका छन् । रुपन्देही शाखाको बुटवलमा सम्पन्न पाँचौ अधिवेशनले पंगेनीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

    संघको उपाध्यक्षमा सरु वाग्ले, महिला उपाध्यक्षमा सीता शर्मा, सचिवमा सुधीर ठाकुर, सह–सचिवमा गोविन्द भुसाल, कोषाध्यक्षमा सञ्जय प्रसाद चालिसे, सह–कोषाध्यक्षमा रमेश शर्मा र सदस्यमा हरी सापकोटा, इन्द्र प्रसाद न्यौपाने, अमृत टण्डन र खेम काउचा चयन भएका छन् ।

    त्यस्तै राष्ट्रिय पार्षदमा राजेन्द्रजंग रायमाझी, वीरेन्द्र पाण्डे, चक्रपाणि डुम्रे, अनिल पहाडी, प्रेम बुढाथोकी, इश्वरी पौडेल र सीता दर्नाल चयन भएका छन् ।

    प्रदेश पार्षदमा सुशील खनाल रहेका छन् । संघका राष्ट्रिय उपाध्यक्ष विरेन्द्र पाण्डेको संयोजकत्वमा गठित निर्वाचन कमिटी सदस्यमा रुपन्देही जिल्ला पूर्वअध्यक्ष अनिल पहाडी र लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष इश्वरी पौडेल थिए ।

    कार्यक्रमको उद्घाटन गर्दै संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले स्वतन्त्र पत्रकारिताको रक्षा गर्न पत्रकार निष्पक्ष हुनुपर्नेमा जोड दिए ।

    संघका राष्ट्रिय उपाध्यक्ष विरेन्द्र पाण्डेले पत्रकारितामा धर्म, कर्म र इमानदारिता आवश्यकता भएको बताए । राजनीतिक दलको आडमा गरिने पत्रकारिता देख्न, लेख्न, थेग्न नसक्ने बताए ।

    संघ रुपन्देही शाखाका अध्यक्ष चक्रपाणि डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका जिल्ला सदस्य सुशील खनालले स्वागत तथा सचिव विनोद विष्टले सञ्चालन गरेका थिए ।