२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

रामपुर कृषि क्याम्पस खैरहनीमा अखिलको संयुक्त प्यानल विजयी

शनिवार , चैत्र १८, २०७९

चितवन, १८ चैत ।
रामपुर कृषि क्याम्पस खैरहनीमा शुक्रबार भएको स्ववियु निर्वाचनमा अखिल संयुक्तको प्यानलनै विजयी भएको छ । निर्वाचनमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले तालमेल गरेका थिए । बेलुका सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार अखिल संयुक्तका सबै निर्वाचित भएका हुन् । निर्वाचनमा कुल १२० मत खसेको थियो ।

अखिल संयुक्तबाट सभापतिका उम्मेदवार दिवस पौडेल एक्लैले ११९ मत प्राप्त गर्दा नेविसंघका आशिश जैसी देवकोटाले १ मत पनि पाएनन् । १ मत बदर भयो। सचिवमा अखिल संयुक्तका सन्तोष रताला जोशी ११९ मत, कोषाध्यक्षमा संयुक्तकै सुजाता नेपाल ११५ मतका साथ निर्वाचित भए ।

त्यस्तै, सदस्यहरुमा अखिल संयुक्तका राकेश रोकाय ११८ मत, सनराइज तामाङ ११९ मत, सागर ढकाल १२० मत, पूर्णिमा तामाङ ११७ मत र ऋषिकेश यादव ११९ मतका साथ विजयी भए । निर्वाचनप्रति असहमति जनाउँदै नेविसंघ भने मतदानमा सहभागी भएन । यसअघि चैत ५ गते तोकिएको निर्वाचन सोही दिन सर्वदलीय बैठक बसेर सारिएको थियो ।