शनिवार , चैत्र १८, २०७९
रूपन्देही, १८ चैत ।
नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश समिति पुर्नगठन गरिएको छ । संगठनका केन्द्रीय अध्यक्ष शम्भूू श्रेष्ठसहित केन्द्रीय पदाधिकारीहरुको उपस्थितिमा शनिबार लुम्बिनीमा बसेको बैठकले हृदय भुसालको नेतृत्वमा २९ सदस्यीय समिति पुर्नगठन गरिएको हो ।
संगठनको उपाध्यक्षमा शंकर प्रसाद पाण्डे (रुपन्देही), महिला उपाध्यक्षमा प्रतिज्ञा बुढा मगर (रोल्पा), सचिवमा दीपक अनुुरागी (कपिलवस्तुु), कोषाध्यक्षमा प्रकाश न्यौपाने (रुपन्देही) र सह–सचिवमा पदम गैरै (सह–सचिव) सर्वसम्मत चयन भएका छन् ।
त्यसै गरी सदस्यहरुमा लोकनाथ शर्मा, मनोज क्षेत्री, एलिना आचार्य, अशोक चौहान, विक्रम आचार्य लगायत चयन भएका छन् । लुम्बिनी प्रदेश समितिमा जिल्ला अध्यक्षहरु पदेन रहने व्यवस्था छ । विस्तारित बैठकलाई सम्बोधन गर्दै समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष शम्भूू श्रेष्ठले नेपालको अभिव्यक्ति र प्रेस स्वतन्त्रताको रक्षा गर्दै व्यवसायिक पत्रकारिताका पक्षमा उभिने बताए । उनले समाजवादी प्रेस संगठन आलोचनात्मक चेत भएका पत्रकारहरुको संगठन भएको बताए । उनले पत्रकारहरुले जहिल्यै पनि खराब पात्र र प्रवत्तिको विरोध गर्नुपर्ने, समाजका हरेक विषयलाई आलोचनात्मक दृष्टिले हेर्नुपर्ने बताउँदै संगठनमा लागेकाहरुले त्यहीअनुसार पत्रकारितामा आफूूलाई निखार्न आग्रह पनि गरे ।
त्यस्तै बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का का केन्द्रीय सदस्य तथा लुुम्बिनी प्रदेश सचिव राजु गुुरुङले योग्यता, क्षमताका आधारमा पत्रकारिता पेशामा लाग्नुपर्ने बताउँदै समाजवादी प्रेस संगठन कामकाजीहरुको संगठन बनाउनुुपर्ने बताए ।
त्यस्तै बैठकमा समाजवादी प्रेस संगठनका बरिष्ठ उपाध्यक्ष विश्वमणि सुुवेदीले लुम्बिनी प्रदेश कमिटिले नयाँ उर्जाका साथ व्यवसायिक पत्रकारहरुको संगठन बनाउने गरी काम गर्न आग्रह गरे ।
बैठकमा संगठनका उपमहासचिव रामकुमार एलनले संगठन मजबुत बनाउने गरी देशव्यापी रुपमा अभियानमा खटिएको बताउँदै संगठनमा संख्या भन्दा पनि पत्रकारितामा गुणस्तर कायम गर्ने गरी काम गर्न आग्रह गरे ।
त्यस्तै बैठकमा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, संगठनका उपाध्यक्ष शान्तराम विडारी, राजेन्द्र कुँवर, सचिव गोविन्द चौलागाई, अर्का सचिव उत्तर विष्ट, एकीकृत समाजवादी रुपन्देहीका जिल्ला उपाध्यक्ष श्रीराम यादव, पार्टी प्रचार विभाग प्रमुख एवं सचिव सरिता श्रीस, विनोद परियार, शंकर प्रसाद पाण्डे, प्रकाश न्यौपाने, दीपक अनुुरागी लगायतले बोल्दै संगठनलाई मजबुत बनाउने प्रतिवद्धता जनाएका थिए । बैठकले २०७९ वैशाख २० गतेसम्म बाँकी रहेका जिल्ला शाखा गठन गर्ने निर्णय समेत गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij