शनिवार , चैत्र १८, २०७९
भैरहवा, १८ चैत ।
ललिता योगा स्टूडियो सिद्धार्थनगर–१२, रुपन्देहीको आयोजनामा भैरहवामा दुईदिने योग प्रशिक्षण भएको छ । बिहीबार र शुक्रबार भएको प्रशिक्षण कार्यक्रममा काशी नोबल एकेडेमी भैरहवामा कक्षा ११ मा अध्ययनरत ४३ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
विद्यार्थीहरुलाई योग प्रशिक्षक तथा ललिता योगा स्टूडियोकी सञ्चालक ललिता बछारले प्रशिक्षण दिएकी थिइन् ।
बछारले योग, ध्यान गर्नुका विद्यार्थीहरुलाई योग सिकाएकी थिइन् । योग शरीरको लागि महत्वपूर्ण भएको उनले बताइन् । योग स्वास्थ्यको लागि महत्वपूर्ण छ । उनले भनिन्, ‘योग गरे शरीर स्वस्थ राख्न सकिन्छ । ’
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij