२०८२, चैत्र २५ गते

Apr 08 2026 | २०८२, चैत्र २५ गते

सुजुकीको नयाँ संस्करण ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक

शनिवार , चैत्र १८, २०७९

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, १८ चैत । 
    नेपालका लागि सुजुकी ब्राण्डको चारपांग्रे सवारीसाधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ अन्तरगतको अटोमोटिभ डिभिजन सिजी मोटोकोर्व तथा सीजी एनएक्सटीजेनले नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको छ । 

    भैरहवामा शुक्रबार एक कार्यक्रमकाबीच नेपाल चलचित्र बोर्डका अध्यक्ष तथा नायक भुवन केसी र पाठक मोटर्स ग्रुप प्रा.लिका अध्यक्ष सुन्दर पाठकले नयाँ संस्करणको संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । नेपालका लागि आधिकारिक विक्रेता पाठक मोटर्स ग्रुप प्रा.लि.का निर्देशक बाबुराम पाठककाअनुसार यो संस्करण ग्राण्ड भिटारा सुजुकीको बहुप्रतिष्ठित मोडेल हो । 

    यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै क्राफ्ट फ्युरिजम डिजाइन ल्याङ्गोइजको प्रयोग गरिएको छ । जसले अरुभन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको छ । नयाँ उत्पादनबारे जानकारी गराउँदै निर्देशक पाठकले भने, ‘सुजुकीको लेजेण्डरी अल ग्रिप टेक्नोलोजीले यस एसयूभीको अफ रोड क्षमता बढाउँछ । साथै यो सेग्मेन्टको एसयूभीमा नभएको थुप्रै नयाँ फिर्चसहरु पनि पाउन सकिन्छ ।’

    प्रा.लि.का म्यानेजर सर्जुना थैवका अनुसार ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलोपटक अत्याधुनिक र कम इन्धन खपत गर्ने फुल हाईब्रिड प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ । पुरानो संस्करणको भिटारा ब्रेजा, नेपालकै सर्वाधिक विक्री हुने एसयूभी हो । ब्रेजामा अत्याधुनिक प्रविधिहरु र नेक्स्ट–जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ । यो स्पोर्टी एसयूभीले स्टाइलिश र बाहिर सडकहरुमा ड्राइभ गर्दा वास्तवमै उपयोगी हुने उनले बताइन् ।  उनकाअनुसार पछिल्लो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च छ । ‘यसको एउटा प्रमुख कारण हाम्रो देशमा रहेको फरकफरक ड्राइभिङ कन्डिसन हुन जसको लागि एसयूभी उचित हुन्छ, ’उनले भनिन् । प्रा.लि.का सञ्चालक अभिषेक पाठककाअनुसार पानारोमिक सनरुफ, पूर्ण डिजिटल इन्स्ट्रुमेन्टल क्लस्टर, चालक र सह–चालकलाई भेन्टिलेटेड सीट लगायतका विशेषता ग्राण्ड भिटारामा रहेका छन् ।