
शनिवार , चैत्र १८, २०७९
कोटिहवा । बिकिरण बचत तथा ऋण सहकारी सस्था लिमिटेड कोटिहवाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
सहकारी सहित तिलोत्तमा रक्तदाता समाज तथा तिलोत्तमामा रहेका बिभिन्न सामाजिक संघ सस्थाको सहकार्यमा भएको कार्यक्रममा ९० जनाले रक्तदान गरेको बिकिरण सहकारीका अध्यक्ष डिल्लीराम अर्यालले जानकारी दिए ।
सस्थाले सामाजिक उत्तरदाहित्व कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रम राखिएको र उक्त कार्यक्रममा स्थानियको उल्लेख्य सहभागिता रहेको अध्यक्ष अर्यालले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले सहकारीले बचत संकलन, ऋण प्रवाहका साथसाथै सहकारीका सदस्यलाई रोजगार र विकाससंग जोड्नु पर्नेमा जोड दिए । नगर प्रमुख खांणले सहकारीले गरिवि निवारणमा ठुलो सहयोग पु¥याएको उल्लेख गर्दै सहकारीले नेतृत्व र व्यतित्व विकासमा पनि बिशेष जोड दिनु पर्ने बताए ।
रगतको अभावमा कसैको पनि उपचार प्रभावित नहोस तथा रक्तदान बारे सचेतना फैलाउने उद्धेश्य अनुसार दुवै सस्थाको आयोजनामा रक्तदान कार्यक्रम राखिएको रक्तदाता समाजका अध्यक्ष गोविन्द बन्जाडेले जानकारी दिए। तिलोत्तमा रक्तदाता समाजका शिशिर पाण्डेको सञ्चालनमा भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij