२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

रुपन्देहीमा साढे २ लाख मूल्य बराबरको अवैध ब्रोईलर कुखुरा बरामद

शनिवार , चैत्र १८, २०७९

भैरहवा, १८ चैत ।
रुपन्देही प्रहरीले साढे २ लाख बराबरको जिउँदो ब्रोईलर कुखुरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले शुक्रबार तिलोत्तमा नगरपालिका–१० स्थित कान्छीबजारबाट २ लाख ४५ हजार ९ सय २० रुपैयाँको अवैध ब्रोईलर कुखुरा बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ भन्सार छलेर लु ४ प ४७५९, लु २९ प ८५६३ र लु २९ प ८५६३ नम्बरको मोटरसाइकलमा ल्याइएको २०२ पिस कुखुरा र तीनवटा मोटरसाइकल बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

बरामद गरिएका कुखुरा आवश्यक कारवाहीको लागी पशु क्वारेन्टाईन चेक पोष्ट बेलहिया र मोटरसाइकल भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताए ।