२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

राष्ट्रिय मिडिया सम्मेलन सुरु

शुक्रवार , चैत्र १७, २०७९

भैरहवा, १७ चैत ।

नेपाल पत्रकार महासंघको आयोजनामा शुक्रबार लुम्बिनीमा सुरु भएको छ । राष्ट्रिय मिडिया सम्मेलनको सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले उद्धाटन गरिन् ।

देशभरका पत्रकार महासंघका अध्यक्ष, संगठनका अध्यक्ष तथा पदाधीकारीहरु सम्मेलनमा सहभागी छन् ।

तीन दिन सम्म जारी सम्मेलनले मिडिया सञ्चालन सम्बन्धी नीतिगत विषयमा छलफल गरि घोषणापत्र जारी गर्ने आतिथ्यता गरेको नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलले जानकारी दिए ।
महासंघका अध्यक्ष बिपुल पोखरेलको अध्यक्षतामा सम्पन्न उद्धाटन सत्र कार्यक्रम अहिले जारी छ ।