
शुक्रवार , चैत्र १७, २०७९
भैरहवा, १७ चैत ।
सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ भैरहवा लिगेसीले १ रुपैयाँमा शुद्ध शाकाहारी भोजन (खाना) खुवाएको छ । रामनवमीको अवसर पारेर बिहीबार सिद्धार्थनगर नगरपालिका–३ स्थित श्री रण अम्बिका शाह आँखा अस्पताल अगाडी भोजन गराइएको क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले बताए ।
त्यस्तै सोही कार्यक्रममा लुम्बिनी डाईग्नोष्टिक एण्ड प्याथ सिद्धार्थनगर–८ लुम्बिनीरोडको सहयोगमा निःशुल्क मधुमेध (सुगर) परीक्षण शिविर समेत गरिएको क्लबका प्रथम उपाध्यक्ष राजन शुक्लाले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का संस्थापक गभर्नर नवराज न्यौपानेले स्थापनाकालदेखि नै लायन्स क्लब अफ भैरहवा लिगेसीले रचनात्मक कार्य गर्दै आएको बताए । उनले १ रुपैयाँमै खाना खुवाउने कार्यक्रम महत्वपूर्ण कार्यक्रम भएको भन्दै क्लबको प्रशंसा गरे ।
कार्यक्रममा ३५० जनाले भोजन ग्रहण गर्नुभएको र ३ सय जनाको मधुमेह परीक्षण गरिएको कार्यक्रम संयोजक सुशिल सिंघलले बताए ।
कार्यक्रम संयोजक सुशिल सिंघलको स्वागत तथा क्लबका सचिव नारायण प्रसाद कोइरालाको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का कोषाध्यक्ष विनोद खरेल, एरिया चिफ संगम न्यौपाने, जोन चेयरपर्सन राजेन्द्र थापा, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य विरेन्द्र ज्ञवाली, समाजसेवी गोपाल भण्डारी, उमाशंकर पाठक, सन्दिप अग्रहरी, विनित उपाध्याय, प्रकृति उप्रेती, विजया खत्री, शैलेश उपाध्याय, सुरज जैसवाल लगायतको उपस्थिति रहेको क्लबले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij