२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

आजदेखि एसईई परीक्षा सुरु

शुक्रवार , चैत्र १७, २०७९

काठमाडौं, १७ चैत ।
यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदैछ । एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदैछन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ । 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार २०७९ मा एकैवर्ष दुईवटा एसईई हुने भएको छ । यसअघि, वर्ष २०७८ का लागि २०७९ वैशाख ९ देखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो ।

त्यसअघिका दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्यांकन विधिबाट परीक्षा सञ्चालन गरिएको थियो । यो वर्ष विद्यार्थीको भौतिक उपस्थितिमा २ हजार ३७ केन्द्रबाट परीक्षा लिइने बोर्डले जनाएको छ ।

यसवर्षको एसईईमा सहभागी हुने छात्रछात्राको संख्यामा थोरै मात्रै फरक छ । २ लाख ४२ हजार ६ सय ७४ छात्र र २ लाख ४२ हजार ७ सय १२ छात्राले परीक्षा दिँदै छन् । 

यीमध्ये नेपाली विद्यार्थी अध्ययनरत एभरेष्ट इन्टरनेशनल स्कूल जापानबाट पनि १४ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका छन् ।